नयाँ सिडिओलाई स्वागत गर्दै व्यापारीले भने,‘कोभिडको समयमा व्यापारीको जटिलता बुझिदिनुस्’

  • ख-
  • ख+

दमौलीः तनहुँका व्यवसायीले कोभिडको समयमा व्यापार व्यवसाय जटिल अवस्थामा पुगेको भन्दै प्रशासनबाट साथको अपेक्षा गरेका छन् ।

कतिपय अव्यवहारिक काम कारवाहीका कारण व्यवसायी समस्यामा परेको भन्दै उनीहरुले मर्का बुझिदिन आग्रह गरे ।

तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले गल्ती नहुँदा पनि व्यवसायीले दुःख पाउने अवस्था नआओस् भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले
अर्थतन्त्र गतिशील बनाउन राज्यले भूमिका खेल्नुपर्ने बताए ।


कार्यक्रममा संघका गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठ, महासचिव सुबोध अधिकारी, कार्य समिति सदस्य एवं थर्पु सभापति भीमलाल श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आलेलगायतले बोलेका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले संघसँग सहकार्य गरेर अगाडी बढ्दा प्रशासनलाई धैरै सहज हुने बताए ।

व्यासको अस्पताललाई तीन लाख
तनहुँ उद्योग वािणज्य संघको मिति २०७८ असोज ६ गते बसेको जिल्ला कार्यसमितिको बैठकले तनहुँ उद्योग वाणिज्य संघ कोभिड महाअभियान कोष मार्फत व्यास नगरपालिकाद्धारा सञ्चालन हुन लागेको कोभिड अस्पताल निर्माणको लागि भन्दै तीन लाख एक हजार एक सय छपन्न सहयोग गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष श्रेष्ठले जिल्लाभरका लागि प्रयोगशाला तथा अस्पताल बन्न लागेकाले कोषण्बाट सघाएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी