दमौली न्यूज चेली टिक टक प्रतियोगिताको विजेता सार्वजनिक

  • ख-
  • ख+

दमौलीः दमौली न्यूज डटकमको आयोजनामा सञ्चालित चेली तीज टिक टक प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

प्रारम्भिक चरणमा २० जना सहभागी प्रतियोगितामा ०६ नम्बरकी सहभागी सुस्मिता थापा प्रथम भएकी छन् ।

यसैगरी ०८ नम्बरकी इन्दिरा नेपालीको समूह दोश्रो भएको छ । प्रथमले नगद पाँच हजार तथा दोश्रोले तीन हजार पाउनेछन् ।

पब्लिक च्वाईस अवार्ड ०१) नम्बरकी सहभगी तारा पौडेलले जित्दा सान्त्वना अवार्र्ड ०५ नम्बर प्रतियोगी सबु बेगम, ०३) नम्बर प्रतियोगी सुस्मिता लौडारी र ०७) नम्बर प्रतियोगी सुसन्ध्या पौडेलले पाएका छन् ।


तनहुँमै पहिलो पटक तीजको अवसरमा मौलिक संस्कृति संरक्षण र कोरोना जोखिमका कारण सानो समूहमा तीज मनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको थियो ।


जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता एवं गुरुङ चलचित्र कलाकार
गल गुरुङ , चर्चित लोक गायिका कला लम्साल तथा वरिष्ठ ब्युटिसियन शकुन्तला आलेको संयुक्त निर्णयका आधारमा विजेता घोषणा गरिएको हो । लोकप्रियता, मौलिकता, अभिनय तथा प्रस्तुतीसमेतका आधारमा विजेता छनौट गरिएको निर्णायकले बताएका छन् ।


उनीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिनेछ ।
दमौली न्यूज चेली टिक टक प्रतियोगिता

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी