दमौलीको दुर्घटना रोक्न ‘ट्राफिक कोण’

  • ख-
  • ख+

तउवासंघले दिएको २५ थान सामग्री दमौलीका ३ ठाउँमा राखिने
दमौलीः तनहुँ उद्योग वाणिज्य संघले सवारी दुर्घटना नियन्त्रणका लागि भन्दै ट्राफिक कोण सहयोग गरेको छ । संघले २५ थान त्यस्ता सामग्री हस्तान्तरण गरेको हो । यसले दुर्घटना रोक्न मद्दत पुग्ने दाबी गरिएको छ ।

संघका अध्यक्ष मानकाजी श्रेष्ठले तनहुँका ट्राफिक प्रमुख रेशम रानाभाटलाई कोण हस्तान्तरण गर्दै दुर्घटना नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरे । ‘हाम्रो यो सहयोगले दुर्घटना कम गर्न मद्दत पुग्ने आशा छ,’ उनले भने,‘अन्यत्र पनि यसको विस्तार गरिनुपर्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले संघले गरेको सहयोगले बजारमा दुर्घटना रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भने,‘योसँगै ट्राफिक सचेतना पनि फैलाउनु आवश्यक छ ।’

दमौलीका सफा सडक, भोर्लेटार चोक र प्रहरी कार्यालय अगाडिको सडकमा यी सहयोग प्राप्त ट्राफिक कोण राखिने भएको छ । सडकको बीच भागमा राखिने भएकाले यसले सवारी चालकलाई ओभरटेक गर्न रोक्ने र दुर्घटना कम हुने अपेक्षा ट्राफिक प्रहरीको छ ।

जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले भन्छन्,‘हामीले बजारमा लागू गरिएको रेड जोन कार्यान्वयनमा पनि यसले मद्दत पु¥याउँछ ।’

यसमा हर्न बजाउन नहुने सन्देश पनि लेखिएको छ । सडकको बीचमै भएकाले बजारमा तिव्र गतिमा ओभरटेक गर्न पनि चालकलाई रोक्ने भएकाले यो उपयोगी हुने भनाई उनको छ । ‘यसले ट्राफिक नियमको जानकारी पनि दिने र गति बढाउन पनि रोक्ने भएकाले यो उपयोगी छ,’ उनले भने ।

संघमा आयोजित हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष शंकरलाल राजभण्डारी, प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ललगायतले दमौलीको ट्राफिक व्यवस्थापन समस्या बन्दै गैरहेको भन्दै संघको दमौली बजार एकाई सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बढिरहेको दुर्घटना नियन्त्रणमा संघले गरेको सहयोगले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी