
दमौलीः तनहुँका विद्यार्थी नेता आरके पोख्रेल अनरेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य निर्वाचित भएका छन् ।
राजधानीमा हालै सम्पन्न सम्मेलनबाट यस अघिका जिल्ला अध्यक्ष रहेका पोख्रेल केन्द्रीय सचिवालय सदस्य निर्वाचित भएका हुन् । उनले आर्थिक मामिला मन्त्री किरण गुरुङको सचिवालयमा रहेर काम गरिसकेका छन् ।
पोख्रेलले नयाँ जिम्मेवारीले विद्यार्थी संगठनलाई थप बलियो पार्न जिम्मेवारी महसुस गरेको बताए ।