स्थानीय तहका स्वास्थ्यकर्मीलाई कोशिषको मनोसामाजिक तालिम

  • ख-
  • ख+

दमौलीः मानसिक स्वास्थ्य समस्या भएकाहरुको हितमा क्रियाशिल संस्था कोसिस नेपालको आयोजनामा तनहुँका स्थानीय तहका स्वास्थ्यकर्मीलाई ६ दिने तालिम शुरु भएको छ ।

दमौलीस्थित टास्क भिलेजमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई सञ्चालन गरिएको मनोसामाजिक तालिमको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।

नगर प्रमुख न्यौपानेले मानसिक समस्या आइसकेपछि समाजले घृणा गर्ने अवस्था रहेको बताए । हरेक वडाका स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य परामर्श गर्ने व्यवस्था गर्नुपर्ने औंल्याउँदै न्यौपानेले सहयोगका लागि सकारात्मक रहेको बताए ।

तालिममा मनोचिकित्सक दीपक कुँवर र वर्षा श्रेष्ठले मानसिक रोग सम्बन्धि प्रशिक्षण दिएको कार्यक्रम संयोजक रविलोचन पौडेलले जानकारी दिए । तालिममा कोशिषका फाइनान्स र प्रशासन अधिकृत रचना खनाल, मनोविद् सरोज सिंखडा तथा मनोसामाजिक कार्यकर्ता कल्याणवन्धु वाग्लेले सहजीकरण गरेका छन् ।

सन् २००८ मा स्थापना भएसँगै संस्थाले मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धनका क्षेत्रमा कार्य गर्दै आएको संयोजक रविलोचन पौडेलले बताए । एक आत्महत्याका पछाडि सामाजिक , पारिवारिक , आर्थिक , शैक्षिक लगायत विविध कारणहरूको प्रभाव रहने हुँदा यसको रोकथामको लागि बहुपक्षीय समन्वय तथा सहकार्यको आवश्यकता रहने पौडेलको भनाइ थियो ।

आफ्नो संस्थाले आम नागरिकहरूमा आत्महत्या रोकथामका सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्दै आएको फाइनान्स अधिकृत रचना खनालले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी