भानुमा नेकपाका जिल्ला कमिटि सदस्यसहित ११ जना पार्टी छाडेर ‘स्वतन्त्र’

  • ख-
  • ख+

भन्छन्,‘पार्टीले हाम्रो भावनामा चोट पु¥याएर छाड्ने अवस्थामा पु¥यायो’
भानुः भानु नगरपालिकामा नेकपाका जिल्ला सदस्यसहित ११ जनाले पार्टी परित्याग गरेका छन् ।

केन्द्र स्थानान्तरणका विषयमा पार्टीले आफूहरुप्रति अन्याय गरेर भावनामा चोट पु¥याएको भन्दै पार्टीका जिल्ला कमिटि सदस्य बाबुराम विकसहितका ११ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी जिल्ला सदस्य विकले आफूहरुको मागमा कांग्रेसले समर्थन जनाए पनि नेकपाले भावनाविपरित निर्णय गरेर कार्यकर्तालाई चोट पु¥याएकाले छाड्न्को विकल्प नभएको जिकिर गरे ।

‘कांग्रेसले फुस्रेटारका पक्षमा समर्थन दियो,’ विकले भने,‘हाम्रो पार्टीले हाम्रा कार्यकर्ता पनि आन्दोलनमा छन् । उनीहरुसँग वार्ता गर्नुपर्छ भन्ने कुनै विषय नै नसोची निर्णय गरिदियो । अब कि हामी कांग्रेस बन्नुप¥यो कि पार्टी छोडनुपर्ने अवस्थामा आयौं ।’

पार्टीका अरु नेताहरुले पनि पार्टी परित्याग गरेको र यो क्रम अझ बढ्ने चेतावनी दिएका छन् । ‘पार्टीका ९५ प्रतिशत कार्यकर्ता छाड्ने मनस्थितिमा पुगेका छन्,’ उनले भने,‘नेताहरुले हाम्रो भावनामा ठूलो चोट पु¥याएका छन् ।’

नगर सदस्य तोरण अधिकारी, वडाध्यक्षका उम्मेवार शिवबहादुर खड्कालगायतले लामो समय पार्टीका पक्षमा योगदान गरे पनि कुनै सुनुवाई नभएको र पार्टी कार्यकर्ताको भावनाविपरित गएकाले अरुले पनि पार्टी छाड्ने अवस्था आइपरेको जिकिर गरे ।

‘२०४६ सालदेखि पार्टीका लागि कति संघर्ष गरियो,’ भानु २ मा पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार शिवबहादुर खड्काले भने,‘तर अहिले पार्टीले गरेको व्यवहारले हामी सानो घेरामा अल्झिएका रहेछौं भन्ने बनाएको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी