नेपाली कांग्रेस व्यास नगर अधिवेशनः सह सचिवमा लड्ने मनबहादुरको घोषणा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास नगर समितिको सह सचिवमा लड्ने दलित संघ तनहुँका सह सचिव मनबहादुर रुचालले घोषणा गरेका छन् ।

दलित संघमार्फत सो पदका लागि उम्मेदवारी घोषणा गरेका व्यास ४ निवासी रुचाल व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

उनले पार्टीलाई समावेसी र सबैको भावना प्रतिनिधित्व गर्ने बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

‘सबैको साथले म विजयी हुन्छु भन्ने विश्वास छ,’ उनले भने । पछिल्लो समय कांग्रेसको अधिवेशनमा केन्द्रीत भएर उम्मेदवारी घोषणाको लहर चलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी