तनहुँमा मंगलबारबाट खोप अभियान, झण्डै १९ हजारलाई खोप दिइने (कहाँ कहिले खोप?)

  • ख-
  • ख+

दमौलीः तनहुँमा ४५ वर्ष माथिका छुटेका सबै नागरिक तथा १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने भएको छ ।


सरकारले भित्र्याएको भेरोसेल खोपको थप मात्रा वितरण गर्ने क्रममा तनहुँमा करिब १९ हजार नागरिकलाई पुग्ने गरी खोप आएको छ ।


खोप कार्यक्रम केही तहले मंगलबार तथा बाँकीले बुधबार अनि बिहीबार थाल्नेछन् । तनहुँका भानु र भिमाद नगरपालिका तथा देवघाट र बन्दीपुर गाउँपालिकाले मंगलबारबाट अभियान थाल्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले बुधबारबाट यस्तो अभियान थाल्नेछन् । व्यास नगरपालिकासहित म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले भने बिहीबारबाट खोप वितरण थाल्नेछन् ।


केही तहहरुमा बालबालिकाका लागि खोप अभियान चलिरहेकाले उनीहरुले ढिला गरी खोप अभियान थाल्न लागेका हुन् । सरकारले सोमबारबाट नै देशका अधिकांश भागमा अर्को चरणको भेरोसेल कोप अभियान थालेको छ ।

पछिल्ला दिनहरुमा खोप लगाउने नागरिकको प्रतिशतमा वृद्धि भैरहेको सरकारी आँकडाले बताएका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी