उम्मेदवारी घोषणा गर्दै देवकुमारले भने,‘नेता होईन मतदाताको मतले जित्छु’

  • ख-
  • ख+

दमौलीः व्यास नगर सभापतिमा चर्चामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले नेपाली कांग्रेसको आसन्न १४ औं अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा लड्ने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ तनहुँको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै उनले आफूले चुनाव जित्ने विश्वास व्यक्त गरे । तनहुँ क्षेत्र नम्बर १ बाट खुलातर्फको महाधिवेशन प्रतिनिधि चुनाव लड्ने घोषणा उनले गरे ।


यस अघि नगर सभापतिमा उनको नाम चर्चामा थियो । तर अकस्मात पत्रकार सम्मेलनमार्फत श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने घोषणा गरेका हुन् । कुन समूहबाट चुनाव लड्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘म कांग्रेसमा समूह हुनुहुन्न भन्ने पक्षमा छु । म कोही नेता नभै कार्यकर्ताको मतले चुनाव जित्छु ।’

नगरमा युवा र नयाँलाई अवसर
श्रेष्ठले व्यास नगर समितिको उप सभापति र सचिव पदमा आफ्नै वडाबाट चुनाव लड्ने घोषणा गरेका र एकै वडाबाट सबै पद दावी गर्न नहुने भएकाले पनि युवालाई सघाउने बताए । ‘नगर समिति समावेशी हुनुपर्छ र एउटै वडाले मात्र दावी गर्नुहुन्न,’ उनले भने ।

‘नगरमा मात्र सीमित हुन्न’
उनले कार्यकर्ताको भावनाअनुसार पनि आफूले नगर सभापति भन्दा महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न लागेको बताए ।

श्रेष्ठले नगरमा मात्र सीमित हुन भन्दा ठूलो ठाउँमा जान कार्यकर्ताले सुझाव दिएकाले भावनाको कदर गरेको बताए । उनले आफ्नो अनुभव र क्षमताका आधारमा पनि चुनाव जित्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी