क्यान्सर पीडित राधिकालाई गुणादीवासीको ३२ हजार सहयोग

  • ख-
  • ख+

गुणादीः तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर १ गुणादीकी क्यान्सर पीडित महिला राधिका खनाललाई गुणादीवासीले आर्थिक सहयोग गरेका छन् । लामो समय देखि मेरूदण्डको क्यान्सरबाट पिडित ५६ वर्षिया राधिका खनालको उपचार खर्च धेरै लाग्ने भए पछि छोरी सरिता र श्रीमान ध्रुवनाथ खनालको आग्रहमा गुणादीवासीले सहयोग गरेका हुन् ।

आफ्नैं गाउँठाउँमा कसैलाई अफ्ट्यारो पर्दा गाउँलेहरू मिलि सहयोग गर्दा पिडित परिवारलाई केही भए पनि राहत मिल्छ भने किन सहयोग नगर्ने ? भनेर रकम संकलन गरि सहयोग गरिएको अभियानमा संलग्न सुरेश खनालले बताए । मानवीय संवेदनशीलता हेरि छिमेकीको दायित्व निभाउन पनि सहयोग संकलन अभियान चलाइएको खनालले बताए ।


रकम सहयोग गर्नेमा यदुनाथ खनालले ५ हजार , शुरेस खनाल १ हजार ५ सय २० , हरिनाथ खनाल १ हजार ५ सय , बिजयराज खनाल १ हजार ५ सय , नरनाथ खनाल १ हजार , सुन्दर खनाल १ हजार , बिकास राज खनाल १ हजार , अनन्त खनाल १ हजार , शिवसरण वाग्ले १ हजार , रामहरि खनाल १ हजार , देवनारायण श्रेष्ठ १ हजार , सु .बिस्णुबहादुर थापा १ हजार , बलभद्र वाग्ले १ हजार , प्रमोद खनाल १ हजार लगायत अन्य ब्यक्तिहरूवाट गरि ३२ हजार रूपयां रहेको आर्थिक संकलन अभियानमा रहेका बलभद्र वाग्लेले बताए ।

सबै छरछिमेकी तथा दाजुभाइले गरेको सहयोगप्रति क्यान्सर बिरामी राधिकाका श्रीमान ध्रुवनाथ खनालले आभार प्रकट गरे ।
अहिले गुणादीका अन्य ठाउँमा पनि सहयोगका लागि रकम संकलन अभियान चलिरहेको बताइएको छ । श्रीमतीको उपचारका लागि सहयोग गरेकोमा सबै दाजुभाइ छरछिमेकिलाइ भगवानले हेर्ने खनालले बताए ।

गुणादीवासीले जस्तै खनालको उपचारका लागि अहिले अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले पनि सहयोग जुटाउने क्रम जारी राखेका छन् । दमौली अस्पतालबाट बेलचौताराको जीपी कोइराला अस्पताल, शिसुवा अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार पश्चात् हाल पोखराको मेट्रोसिटीमा अस्पतालमा उपचार भैरहेकी खनालको उपचारका लागि ठुलो रकम आवश्यक परेकाले अन्य सहयोगीलाई पनि सहयोग गर्न छोरी सरिताले अपिल गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी