आजबाट देशैभर भेरोसेल

  • ख-
  • ख+

काठमाडौंः सोमबारदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लगाइदैँछ। असोज ४ देखि १४ गतेसम्म पहिलो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै दोस्रो मात्राको खोप कार्तिक ४ देखि १४ गतेसम्म दिइने तयारी छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा अनुसार रसुवा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु,जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिइदैंछ। यस्तै, १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने सरकारको तयारी छ।

यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ ।

५८ जिल्लाहरुमा मनाङ, मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्