एमसीसीको विरोधमा दमौलीमा राजतन्त्र समर्थकको मसाल जुलुश (तस्बिरहरु )

  • ख-
  • ख+

दमौलीः दमौलीमा एमसीसी सम्झौताको विरोधमा मसाल जुलुश प्रदर्शन भएको छ । राष्ट्रवादी अभियान तनहुँको ब्यानरमा भएको प्रदर्शनमा दमौली र आसपासका युवा सहभागी थिए ।

दमौली अनशन चौतारीबाट शुरु जुलुका सहभागीले एमसीसी सम्झौता घात हो, देश बेच्न पाइंदैन लगायतका नारा लगाएका थिए । संस्था राजतन्त्र समर्थक मानिन्छ ।

राजतन्त्र समर्थक युवाको बाहुल्यता रहेको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य राजेन्द्र अधिकारी, जिल्ला अध्यक्ष विनोद घर्तीसहित कार्यक्रमका नेतृत्वकर्ता उज्वल भट्टराई, सफिक मियाँ, मोहम्मद गफार,भुवन गोशली लगायत थिए ।


मसाल बोकेर ट्राफिक चोकसम्म पुगेका युवा र प्रहरीबीच आगो निभाउने विषयमा विवाद भए पनि पछि प्रहरीले पानी प्रयोग गरी निभाएको थियो । केही सहभागी युवाले प्रयोग गरेका शब्दावली असभ्य भएको समेत टिप्पणी गरिएको छ ।


अभियानका एक सदस्य उज्वल भट्टराईले सम्झौता देशको हितमा नभएकाले युवाहरुले स्वतःस्फूर्त विरोध गरेको दाबी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्