व्यास नगरपालिकाको प्रयोगशालालाई प्रदेशको अनुमति

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको पीसीआर परीक्षण प्रयोगशालालाई गण्डकी प्रदेशले सञ्चालन अनुमति दिएको छ ।


प्रदेश जनस्वास्थ्य प्रयोगशालाले व्यास नगरपालिकाका नाममा पठाएको पत्रमा बुधबार स्थलगत अनुगमन गरिएको र त्यसबाट प्राप्त २० नमूनाको नतिजाका आधारमा प्रयोगशालालई परीक्षणको अनुमति प्रदान गरिएको उल्लेख छ ।

निमित्त निर्देशक सपना सुवेदीद्वारा हस्ताक्षरित पत्रमा तोकिएको मापदण्ड पालना गर्न पनि भनिएको छ ।

व्यासको सक्रियतामा पीसीआर परीक्षणका लागि बनेको प्रयोगशालामा तनहुँका अन्य स्थानीय तहले समेत आर्थिक सहयोग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी