एमसीसीको विरोधमा दमौलीमा युवाको मोटरसाइकल र्याली

  • ख-
  • ख+

दमौलीः अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा दमौलीमा युवाहरूले मोटरसाइकल र्याली गरेका छन् ।

एमसीसीलाइ राष्ट्रघाती भन्दै युवाहरूले मोटरसाइकल र्याली निकालेका हुन् । राष्ट्रप्रेमी नेपाली युवा समुह र क्लब संजाल व्यास तनहुँ सहितका संस्थाको ब्यानरमा जम्मा भएका युवाहरूले एमसीसीको विरोधमा नारा लगाएका अगुवा मित्र दुराले बताए ।

र्यालीमा युवाहरूले आमा बेच्न पाइँदैन एमसिसि चाहिँदैन , राष्ट्रियता जिन्दावाद जस्ता नारा लगाएका थिए । र्याली अनसन चोक , गणेशमान चोक , ट्राफिक चोक हुँदै सफासडक , दुर्गा मन्दिर चोक सहित दमौली बजारको परिक्रमा गरेर सभापछि सकिएको अगुवा युवा रामकृष्ण क्षेत्रीले बताए ।


युवाहरूले एमसीसीको विरोधमामा चर्काे नारा लगाउँदै अब सबै नेपाली नागरिक एकजुट भइ उठ्नुपर्ने बेला भएको बताएको क्षेत्रीले जानकारी दिए । मित्र दुराले एमसिसि राष्ट्रका लागी ठिक नरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी