म्याग्देमा स्वास्थ्य सम्बन्धि वार्षिक समीक्षा

  • ख-
  • ख+

म्याग्दे; म्याग्दे गाउँपालिकाले अा.व २०७७ / २०७८ मा संचालित समग्र स्वास्थ्य कार्यक्रमहरूकाे वार्षिक प्रगति समिक्षा गाेष्ठी सम्पन्न गरेको छ ।

” स्वच्छ , सभ्य , समृद्ध म्याग्देकाे अाधार , कृषि , पर्यटन र पुर्वाधार भन्ने मुल नाराका साथ भएको गाेस्ठिकाे म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले अध्यक्षता गरेकि थिइन् । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकि अध्यक्ष रानाले स्वास्थ्यकर्मीहरूले गुनासो नअाउने गरि राम्रो काम गरेको भन्दै स्वास्थ्यकर्मीहरूकाे प्रसंसा गरिन् । काेभिड जाेखिमकाे बेलापनि तपाईहरूले राम्रो सेवा दिइरहनु भएको छ , यसको गापाले उच्च मुल्यांकन गरेको छ रानाले भनिन् ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखेर बजेट बिनियाेजन गरेकाे साे अवसरमा रानाले जानकारी दिइन् ।म्याग्दे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले अाँफु म्याग्दे गाउँपालिकामा अाएपछि स्वास्थ्य सम्बन्धि एउटा पनि समस्या नअाएकाे भन्दै राम्रो काम गरेकाेमा खुसी ब्यक्त गरे ।

स्वास्थ्य सँग सम्बन्धित अाबस्यकताका कुराहरूकाे बारेमा जति पनि माग अाएका छन् तिनिहरू लाई प्राथमिकताका अाधारमा समावेश गरिने अधिकारीले बताए । जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर अधिकारीले स्वास्थ्यकर्मि हरूकाे महत्त्व र जिम्मेवारी महत्त्वपूर्ण भएको बताए । पहिला स्वास्थ्यकर्मीहरू लाई नचिन्ने हरूले पनि अहिले चिन्न थालेको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले हामीले सावधानी पुर्वक इमानदार भएर काम गर्नुपर्ने अधिकारीले बताए ।

म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले पालिकाका सबै डाटाहरू हरेक दिन गरिने र ती डाटाहरू जिल्ला देखि केन्द्रिय कार्यलय सम्म हेर्न मिल्ने बनाइएको बताए । गाेस्ठिमा म्याग्दे गापा वडा नं १ गुणादी अाधारभुत स्वास्थ्य केन्द्रकि सरस्वती थापा , वडा नं २ का राजकुमार श्रेष्ठ , वडा नं ३ कि पवित्रा शर्मा भट्टराई , वडा नं ४ का सुर्यकुमार श्रेष्ठ , वडा नं ५ कि समुद्र थापा , वडा नं ६ का भेसबहादुर गुरूङ , वडा नं ७ कि चन्द्रकला ढुंगाना र उमा लामिछाने तथा भिमकुमरि श्रेष्ठले अाअाफ्ना वडा स्वास्थ्य कार्यलयका प्रगति विवरण र समस्याका बारेमा प्रस्तुति दिएका थिए ।

स्वास्थ्यकर्मीहरूले सुरक्षित मातृत्व सेवा , खाेप सेवा , अाेपिडि सेवा , स्टेचर जस्ता कुराकाे अावस्यकता रहेको जनाएका थिए । गुणस्तरीय सेवाको लागि स्वास्थ्यकर्मीहरू लाई तालिम , गाउँघर क्लिनिक स्थापना मात्रै भएकोले त्यसलाई प्रभावकारी बनाउनुपर्ने , स्वीकृत दरबन्दी अनुसार कर्मचारी अभाव हुँदा छिटोछरितो सेवादिन कर्मचारी थप गर्नुपर्ने , स्वास्थ्य भवनको समस्याले सेवा दिन समस्या ,भएकोले भवन हुनुपर्ने , स्वास्थ्य कार्यलय जाने बाटो राम्रो हुन नसक्दा बाटो मर्मत सुधार गर्नुपर्ने , टेलिफोन , साेलार ब्याकअप , प्रिन्टर , फाेटाेकपि मेसिन , समयमा अाैशधि खरिद जस्ता समस्याको बारेमा उल्लेख गरेका थिए । यश सँगसँगै स्वास्थ्य कार्यलयहरूले तपाईंको मास्क खै ? अभियान सञ्चालन गरेको , सचेतना अभियान चलाएको बताउँदै गाउँपालिकाका लाेकप्रिय कार्यक्रमहरूलाइ निरन्तरता दिनुपर्ने बताएका थिए ।

गाेष्ठिमा वडा नं २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट , स्वास्थ्य शाखाका दिनेश पण्डित , अायुर्वेदिकका श्याम जाेशी लगायतले समसामयिक बिषयमा अाअाफ्नाे भनाइ राखेका थिए । साेहि अवसरमा गाउँपालिकाले अहिलेसम्म काेभिड १९ भ्याक्सिन पहिलो डाेजमा ४ हजार ८ सय १५ र दाेस्राे डाेज ४ हजार ४ सय ४७ डाेज लगाइएको स्वास्थ्य साखा प्रमुख तिलक घिमिरेले जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी