‘दुध र अण्डामा भानु आत्मनिर्भर’

  • ख-
  • ख+

दमौलीः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार समुह भानु नगरपालिकाको संयोजनमा मंगलबार भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा स्थानीय सरकार र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै भानु नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नगरपालिकाको प्राथमिकतामा रहेको बताए ।


पाण्डेले आधारभुत विद्यालयमा दिवा खाजा, आधारभुत देखी माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धता, आधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्था, कृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दुध र अन्डामा नगरपालिका आत्मनिर्भर भएको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, कृषि शाखा प्रमुख प्रताप पाण्डे, शिक्षा शाखाका श्रोत व्यक्ति श्रीकृष्ण त्रिपाठी, पशु शाखाका प्राविधिक धनबहादुर कुमालले सहभागीको जिज्ञासाको उत्तर दिई आ आफ्नो शाखाले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रुपा लामा, व्यवस्थापक कल्पना सेढाई, मानवअधिकार समुहका सदस्यहरु रामबहादुर ढकाल, तुलसी गैरे, रुक्मिणी खनाल, विष्णुकुमारी श्रेष्ठ, चिनिमाया प्रधान लगायतले विभिन्न जिज्ञासा राखेको कार्यक्रमको सहिजकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्