दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा पाँच महिला र चार पुरुष छन् ।
निरन्तर गिरावट भैरहेको संक्रमितको संख्या केही दिनयता लगभग स्थिरप्रायः छ । तनहुँमा संक्रमितको मृत्यु संख्या पनि केही दिनयता शून्य छ ।