एमालेको अगुवा कार्यकर्ता भेला दमौलीमा , मास्क लगाएर ६ सय कार्यकर्ता दमौली उतार्ने एमाले तयारी

  • ख-
  • ख+

दमौलीः पार्टी विभाजनसँगै कार्यकर्ता आफ्नो पक्षमा रहेको सन्देश दिन नेकपा एमालेले दमौलीमा कार्यकर्ता भेला गर्ने भएको छ । केन्द्रीय नेतृत्वको उपस्थितीमा झण्डै छ सय का र्यकर्तालाई आईतबार प्रशिक्षणको तयारी गरिएको एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले दमौली न्यूजलाई जानकारी दिए ।

‘पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न कार्यक्रम गरेका हौं,’ उनले भने,‘केन्द्र र प्रदेशमा रहेका नेतृत्व आउनुहुन्छ ।’
तनहुँ उद्योग वाणिज्य संघको हलमा तय जिल्लाभरका अगुवा आउने कार्यक्रममा पार्टी उपाध्यक्ष डा. भिम रावल पनि आउने भनिए पनि राजनीतिक कसरतका कारण सम्भावना न्यून रहेको बताइन्छ ।

उनको विकल्पमा गोकर्ण बिष्ट वा सुरेन्द्र पाण्डे आउने सम्भावना छ ।
कार्यक्रममा पार्टीका गण्डकी ईञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, संयोजक किरण गुरुङ तथा सह ईञ्चार्ज खगराज अधिकारी पनि आउनेछन् ।

नेकपा एमालेबाट विभाजन भएर नेकपा एकिकृत समाजवादी गठन भए पछि कार्यकर्तालाई आफ्नो संगठनमै कायम राख्न एमाले नेतृत्वले कसरत गरिरहेको छ । यसैक्रममा भेला आयोजना गरिएको बताइन्छ ।

मास्क र स्यानिटाइजर लगाएर कार्यकर्ता आउँछन्
पार्टी जिल्ला अध्यक्ष सिग्देलले प्रशासनले पछिल्लो समय कडाई कम गरेकाले भेला डाकिएको बताए । ‘आम सभा नै गर्ने कुरा भएन,’ उनले भने,‘मापदण्ड पालना गरेर अगुवा प्रशिक्षण गछौं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी