तनहुँमा घुमुवा प्रहरीको बिगबिगि, होटल सञ्चालक मारमा, एक नक्कली प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

दमौलीः राजमार्ग क्षेत्रका होटल व्यवसायीले घुमुवा प्रहरीको नाममा पैसा उठाउने कामले आफू आजित भएको गुनासो गरेका छन् । घाँसीकुवा, गुणादी तथा तुरतुरे आसपासका व्यवसायीले आफूहरु प्रहरी भन्दै आउने र पैसा माग्ने गरेको गुनासो गरेका छन् ।

‘आएर खान्छन्,’ घाँसीकुवाकी एक होटल सञ्चालक महिलाले भनिन्,‘अनि पैसा तिर्ने बेला हामी प्रहरी हौं भन्छन् ।’ त्यस्ता कतिपयले परिचय पत्र समेत देखाउने गरेको उनले दाबी गरिन् ।

होटल व्यवसायी संघ तनहुँका एक पदाधिकारीले पनि यस्तो गुनासो आएको बताए । ‘लकडाउनका बेला अबेर खोलेका उत्तरशीला टोलका व्यवसायीसँग पैसा मागेको सुनियो,’ नाम खुलाउन नचाहने व्यवसायीले भने,‘पछि के भयो थाहा भएन ।’

नक्कलीको पनि बिगबिगि
घुमुवा प्रहरीले यस्तो गरेको गुनासाकाबीच नक्कली प्रहरीले समेत व्यवसायी तर्साउन थालेका छन् । व्यास १२ घाँसीकुवाको एक रेष्टुरेन्टमा शुक्रबार राती तीन जनाको एक समूह आयो ।

रक्सी खाएर टन्न भए पछि पैसा माग्ने बेला सो समूहका एकले प्रहरीको भन्दै तस्बिर देखाए । अर्काले पनि उस्तै तस्बिर र परिचय पत्र देखाए । राती राजमार्गका यात्रु पिसाब फेर्न रोक्ने भएकाले घाँसीकुवा क्षेत्रमा रातभर नै यस्ता रेष्टुरेन्ट सञ्चालन हुन्छन् ।

यस अघि पनि यस्तै घटना दोहो¥याएका उनलाई घुमुवा प्रहरीकै सहायतामा प्रहरीले नियन्त्रणमा लियो । तीन जनाले घटना घटाए पनि एक मात्र प्रहरी नियन्त्रणमा छन् । प्रहरी उपरीक्षक दिनेश मैनाली भन्छन्,‘अरु पूर्व प्रहरी रहेछन्, एक नक्कली । हामीले नक्कलीलाई समातेका छौं ।’

मेरो कार्यकालमा पैसा कसैले उठाउन पाउन्न


प्रहरी उपरीक्षक दिनेश मैनालीले पहिलेको कुरा आफूलाई थाहा नभएको भन्दै आफ्नो कार्यकालमा कोही पनि प्रहरीले पैसा असुल्ने अवस्था नआउने दाबी गरे । ‘कोहीले त्यस्तो गरेको पाए सूचना दिनुस्,’ उनले दमौली न्यूजसँग भने,‘म तत्काल कारबाही गर्छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी