साधारण चोरीमा जेल परेका रिहा

  • ख-
  • ख+

दमौलीः संविधान दिववसका अवसरमा दमौली कारागारका एक कैदीबन्दी रिहा भएका छन् । असल आचरण देखाएको र सजायको अधिक हिस्सा पुरा गरेको भन्दै सरकारले देशैभर कैदीबन्दी रिहा गर्ने क्रममा कारागारका एक जना पनि रिहा भएको कारागार प्रमुख नारायण अधिकारीले बताए ।


उनका अनुसार रिहा हुनेमा साधारण चोरी मुद्दामा साढे दुई वर्ष कैद सजाय फैसला भएका व्यक्ति एक वर्ष नौ महिना सजाय भुक्तान पछि रिहा भएका हुन् ।

परिवारको रोहबरमा गोरखाका ती व्यक्तिलाई घर पठाइएको अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्