शुक्ला ८ कांग्रेस विवादः नेताहरुबीच सहमति गर्ने सहमति

  • ख-
  • ख+

दमौलीः हालसम्म वडा अधिवेशन हुन नसकेको शुक्लागण्डकी ८ मा विवाद मिलाउने गरी नेताहरुबीच सहमति भएको छ । वडा अधिवेशन शुरु भएकै बेला केही कार्यकर्ताले कागजात नियन्त्रणमा लिएयता अधिवेशन स्थगित छ ।


त्यसयता अधिवेशन प्रक्रिया अघि बढ्न नसकेका बेला नेताहरुबीचको वार्ताले सहमतिमा नै पदाधिकारी तथा प्रतिनिधि चयन गर्ने सहमति गरेको छ । पार्टी क्षेत्रीय सभापति किसान गुरुङ, जिल्ला प्रवक्ता महेश्वर भट्टराई, नगर सभापति माधव भट्टराई तथा वडाअध्यक्ष कृष्ण रेग्मीबीच भएको वार्तामा मतदान नभै सहमतिबाट नै विवाद टुंग्याउने सहमति गरेको बताइएको छ ।


वार्ताबारे जानकार नेपाली कांग्रेस महासमिति सदस्य कृष्णप्रसाद गौतमले मतदान नगरीकन नै सहमतिबाट क्षेत्रीय प्रतिनिधि तथा वडा पदाधिकारी चयनको सहमति भएको दमौली न्यूजलाई जानकारी दिए ।


३६ जना क्षेत्रीय प्रतिनिधिमध्ये वडाध्यक्ष कृष्ण रेग्मी पक्षधर तथा जिल्ला प्रवक्ता भट्टराई पक्षधरबीच सहमतिमा व्यक्ति छान्ने गरी सहमति भएको बुझिएको छ ।

तर संख्याका विषयमा भने सहमति हुन सकेको छैन ।

वार्ताका क्रममा ६ जना प्रतिनिधि भट्टराई पक्षधरलाई दिने प्रसंग चले पनि सहमति भने हुन सकेको छैन । ‘तत्काललाई मतदान नगर्ने सहमति भयो,’ वार्तामा सहभागी एक नेताले भने,‘तर
भट्टराई पक्षधरलाई दिने प्रतिनिधि संख्यामा अझै कुरा मिलेको छैन ।’

प्रवक्ता भट्टराई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा रेग्मी केन्द्रीय सदस्य निकट मानिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी