दिवसकै दिन संविधानको विरोध

  • ख-
  • ख+

दमौलीः संविधान दिवसकै दिन दमौलीमा संविधानको विरोध गरिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले दमौली ट्राफिक चोकमा सभा गर्दै संविधानको पुनर्लेखन गर्न माग गरेको छ ।

सभामा बोल्दै पार्टी नेताहरुले आदिवासी जनजातिको अधिकारका पक्षमा संविधानले गरेको व्यवस्थाले पछि परेको महसुस गरेको दाबी गरे ।

उनीहरुले आदिवासी जनजाति तथा पछि पारिएका समुदायको हक अधिकारको बलियो व्यवस्था गरेर मात्र संविधान पुनर्लेख्न हुनुपर्ने माग गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष हस्तबहादुर थापाले सरकारले पेन्सन पाउने गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै पुनः दिलाइनुपर्ने माग गरे ।

पार्टीकी केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष मन्धरी आलेले संविधानले सबै पक्षलाई नसमेटेको भन्दै विरोध गर्नुपरेको दाबी गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी