
दमौलीः व्यास ५ चापाघाटमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना यात्रु घाइते भएका छन् ।
पोखराबाट रौतहटका लागि छुटेको ग १ ख ७४३३ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग छेउ पल्टेको हो ।
बसको टाइरेट फुस्कँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । तर दुर्घटनामा परी अरु थप क्षति भने भएको छैन ।
टाइरेट फुस्केपछि चालकले नियन्त्रण गुमाउँदा विपरित दिशामा बस पल्टेको थियो । सावधानी नपुगेको भए दुर्घटनाबाट थप मानविय क्षति हुन सक्ने देखिएको प्रत्यक्षदर्शी लालप्रसाद प्रधानले बताए ।