गैरआवासीय नेपालीलाई नागरिकताको विषय हामीले थाल्यौं, पुरा गरेरै छाड्छौंः डा केशव पौडेल(भिडिओ)

  • ख-
  • ख+

काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव उम्मेदवार डा. केशव पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय आफूले विगतमा उठाएको भन्दै अब नेतृत्वमा पुगेमा त्यसलाई पुरा गरेर छाड्ने बताएका छन् ।

महाधिवेशनका क्रममा राजधानीमा रहेका उनले आफ्नो उम्मेदवारीका विषयमा एनआरएनए अगुुवाहरुसँग छलफललाई तीव्रता दिइरहेका छन् । तनहुँ कलेस्तीमा जन्मिएर अमेरिकामा लामो समय चिकित्सा सेवामा सक्रिय उनले आफ्नो र टिमको पहिलो प्राथमिकता नै गैरआवासीय नेपालीलाई पनि नागरिकता दिलाएर अपनत्व बढाउने उद्देश्य पुरा गर्ने बताए । ‘हामीले नै उठाएको विषय निकै मेहनतपछि संविधानमा पार्ने काम भयो,’ उनले भने‘अब हामी नै पुरा गरेर छाड्छौं ।’


मूलुकको नागरिकता नहुँदा अपहेलित अवस्था हटाउँछौं

विदेशमा रहेका नेपालीले मूलुकका लागि धेरै श्रम र सीप लगानी गरे पनि नागरिकता नहुँदा अपहेलित महसुस गरेको भन्दै उनले नागरिकता प्राप्त भएमा भावनात्मक अपनत्व बढ्ने बताए । ‘त्यसो भएमा देशमा लगानी, श्रम र सीप अझ धेरै भित्र्याउन सकिन्छ,’ उनले भने


डा. पौडेलले नागरिताको विषय युरोप र अमेरिकाका नागरिकका लागि बढी प्राथमिकताको विषय रहेको भन्दै आफू विगतमा अमेरिकाको अध्यक्ष रहँदा निकै मेहनत गरेर संविधानमा पार्न सकेको बताए । ‘तर पछिको नेतृत्वले यसलाई प्राथमिकता दिन सकेन,’ उनले भने,‘उहाँहरुको प्राथमिकता कसरी सत्ता हत्याउने, चुनाव जित्ने र नेतृत्वमा जाने भन्ने रह्यो ।’

कुलजीको एजेण्डा मेरो पनि एजेण्डा
एनआरएनएमा पारदर्शितासँगै मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकसँगै जापान र अष्ट्रेलियाका नेपाली विद्यार्थीको समस्या समेत आफूहरुको प्राथमिकता रहेको भन्दै उनले कुल आचार्यको टिमबाट महासचिव चुनाव लड्ने भएकाले टिमको एजेण्डा आफ्नो पनि रहने बताए ।

‘एनआरएनए सबैको बन्न सकेन हामी बनाउछौं’
एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेको पालामा भवन बनेको भए पनि अहिले यसलाई सबैले अपनत्व लिन नसकेको भन्दै उनले आफूहरुले त्यसमा सबै मूलुकको अपनत्व रहने बनाउने बताए । ‘त्यहाँ सबै मूलुकका लागि कोठा र परेका विषय हेर्ने ठाउँ बनाउन सकिन्छ,’ उनले भने,‘हामी त्यो वातावरण बनाउँछौं, जुन अहिलेको नेतृत्वले सकेन ।’

मध्यपूर्व र कोरियाका नेपालीलाई सम्मान
डा. पौडेलले कोभिडका समयमा अमेरिकाबाट रातदिन समय दिएर आफ्नै नेतृत्वमा नेपालीको उपचार गरेको भन्दै कोभिड संकटसँग जुध्न निरन्तर काम गरेको बताए । उनले त्यस समयमा कोरिया र खाडी राष्ट्रबाट .तत्काल सहयोग भएको भन्दै अमेरिकाबाट प्रक्रिया लाग्दा ढिलो भए पनि अझैसम्म पनि सहयोग गरिरहेको र यसलाई आगामी दिनमा थप निरन्तरता दिने बताए । ‘युरोप अमेरिकाबाट समय लाग्यो तर उताबाट तत्काल सहयोग देखियो । म उहाँहरुलाई सलाम गर्छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्