कोरोना संक्रमण

दमौलीः तनहुँमा कोरोना संक्रमणका कारण हालसम्म एक सय ३४ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो पछिल्लो समयको आँकडा हो ।


निर्देशनालयको तथ्यांकमा तनहुँमा अहिले एक सय ११ जनामा कोरोनाको सक्रिय संक्रमण छ ।

कुल संक्रमित छ हजार सात सय ९४ मध्ये छ हजार दुई सय ४९ जना निको भैसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 61 Viewed

प्रतिक्रिया दिनुहोस्