
दमौली: स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबू अधिकारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुने भएका छन् ।
संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक गरेको पदक सूचीमा उनको नाम छ ।यस अघि जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अधिकारी हाल कार्यालय प्रमुखको भूमिकामा छन् ।
सरकारले उनलाई पदक प्रदान गर्ने निर्णय गरेको शनिबार प्रकाशित गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
विशिष्ठ योगदान दिने निजामती कर्मचारीसहित समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई यो पदक दिने गरिन्छ ।
यसैगरी, खैरेनीटार को ३ नंबर बाहिनीका अमलदार लछुमन थापाले भने महापौरख भाष्कर पाउने भएका छन् ।
यसैगरी, खैरेनीटार को ३ नंबर बाहिनीका अमलदार लछुमन थापाले भने महापौरख भाष्कर पाउने भएका छन् ।