
दमौलीः निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको अन्तिम समयसीमासम्म दुई जनप्रतिनिधि बेपत्ता पारिएको नेकपा एककिृत समाजवादीले आरोप लगाएको छ ।
नेकपा एमालेबाट समाजवादी प्रवेश गर्न सहमत भएका भनिएका भानु १२ का वडाध्यक्ष विमल गुरुङ र भानु नगर कार्यपालिका सदस्य देव भुजेललाई एमाले नेताहरुले सम्पर्कविहिन बनाएको आरोप लागेको छ ।
समाजवादी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठका अनुसार पार्टी प्रवेश गर्न सहमत भएका ती दुवै वडाध्यक्ष एउटा बैठक सकिनासाथ चार दिन अघिबाट बेपत्ता भएका छन् ।
यस अघि वार्तामा उनीहरु पार्टी बदल्ने सूचना पाए पछि उनीहरुलाई बेपत्ता पारिएको भन्दै पार्टीले खोजविनको माग गरेको छ ।