जनप्रतिनिधि तान्न एकिकृत समाजवादीको आक्रामक नीति, व्यास ४ का वडाध्यक्ष न्यौपाने थपिंदै, शुनपाका ४ अध्यक्ष प्रवेश

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टीले तत्कालीन माउ पार्टीबाट जनप्रतिनिधि तान्ने अभियानलाई तीव्र पारेको छ । दल परिवर्तनको अन्तिम समयसीमा बाँकी रहँदै गर्दा हालसम्म पार्टीमा शुक्लागण्डकी नगरपालिकाका चार वडाध्यक्षसहित १० जनप्रतिनिधि प्रवेश गरेका छन् ।

पार्टी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठका अनुसार पार्टीमा जिल्लाका अरु तहबाट पनि निर्वाचित नेता कार्यकर्ता प्रवेशको तयारीमा छन् ।

निर्वाचन आयोगले २२ भाद्रसम्म दिएको समयसीमामा अरु निर्वाचित नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेताहरु कम्मर कसेर लागेका छन् ।

यसैक्रममा श्रोतका अनुसार व्यास ४ का वडाध्यक्ष विश्व न्यौपाने र वडा सदस्य मानबहादुर गुरुङ समेत एकिकृत समाजवादी प्रवेशको तयारीमा छन् ।

टिकाउन कसरत
यता, दल परिवर्तनको तयारीको सूचना पाए पछि एमाले नेतृत्वले भने कार्यकर्ता आफ्नै पार्टीमा टिकाउन कसरत बढाएको छ । एमाले जिल्ला अध्यक्ष केदार सिग्देलेको टोलीले भानु तथा अन्य तहमा कार्यकर्ता भेटघाट गर्दै कार्यकर्ता रोक्न भरमग्दुर प्रयास गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्