दमौली फोहोरः सोमबारबाट नियमित उठ्ने

  • ख-
  • ख+

दमौलीः बाटो अवरुद्ध भएका कारण एक सातादेखि रोकिएको दमौलीको नकुहिने फोहोर संकलन नियमित बनेको छ । व्यास नगरपालिकाका अनुसार आईतबारबाट फोहोर संकलन शुरु भएको छ ।

व्यास १ र १३ जोड्ने छाब्दी खोलाको डाइभर्सन बगाउनुका साथै बुद्धसिं मार्गको धारापानीमा पहिरो गएकाले फोहोर लैजान सकिएको थिएन । हिजो मात्र पहिरो हटाइए पछि आजबाट नगरपालिकाले फोहोर संकलन थालेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले सफाडसडक र दमौली अस्पतालको फोहोर संकलन भएको भन्दै सोमबारबाट नियमित फोहोर संकलन हुुने जानकारी दिए ।

यस अघि कुहिने फोहोर भने व्यास १० दुम्सीमा संकलन हुँदै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी