फोहोर बन्यो ‘सफा सडक’

  • ख-
  • ख+

दमौलीः वैकल्पिक ठाउँमा जाने बाटो बाढीले क्षति पु¥याए पछि रोकिएको दमौलीको फोहोर संकलन आजबाट नियमित हुने भएको छ । व्यास १३ बेलबासनजिकै फोहोर व्यवस्थापन थालिए पनि गत साता व्यास १ र १३ जोड्ने छाब्दी खोलामा बाढी आएर ह्युम पाइप बगाए पछि फोहोर संकलन हुन सकेको थिएन ।

नगरपालिकाले कुहिने फोहोर संकलन गरेर व्यास १० दुम्सीको गौ संरक्षण केन्द्रमा लगे पनि नकुहिने फोहोर रोकिंदा बजारका विभिन्न भागमा फोहोर थुप्रिरहेको छ । ‘सफा सडक’ भनेर चिनिने सडक नै फोहोरका थुप्राले भरिन थाले पछि यसले थप जटिलता ल्याउन थालेको छ ।

व्यवसायीहरुले पसलबाट निस्किएको फोहोर सडक किनारमा राखिदिंदा सडक फोहोर देखिन थालेको हो । व्यास २ का व्यवसायी निरु आलेले फोहोर राख्ने ठाउँ नभए पछि सडक छेउमा थुप्रन थालेको बताए ।

आजबाट फोहोर उठाइने
यस अघि संकलन गरिंदै आएको व्यास १ को स्थान भरिए पछि नगरपालिकाले बेलबासनजिकै सामुदायिक वनमा कुहिने फोहोर संकलन थालेको थियो । तर पटक पटक बाढी आएकाले सो ठाउँमा फोहोर लैजान समस्या भैरहेको छ ।

छाब्दी खोलाबाट यातायात चले पनि नजिकै धारापानीमा ठूलो पहिरो गएका कारण फोहोर लैजान नसकिएकामा शनिबार भने अवरोध हटाइएको छ । निर्माण व्यवसायी बसन्त आलेले अवरोध हटाइएकाले अब फोहोरका गाडि चल्न सक्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले दमौली अस्पतालको फोहोर उठाइसकिएको भन्दै अब फोहोर नियमित हुने बताए । ‘सडकको निरिक्षणका लागि कर्मचारी गएका छन्,’ उनले भने,‘अब फोहोर उठ्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्