नेपाल भारत फुटबलः पहिलो हाफमा बराबरी

  • ख-
  • ख+

काठमाडौं: नेपाल र भारतले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले पहिलो हाफमा भारतको तुलनामा बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

खेलको १३ औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गरिदिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा पुजन उपकोटीको प्रहार आकासियो । २३औं मिनेटमा तेज तामाङले गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपालले अग्रता बढाउन सकेन ।

२५औं मिनेटमा क्रसबाट आएको बललाई अनिरुद्ध थापाले नभेट्दै गोलरक्षक तथा कप्तान किरण चेम्जोङले क्लियर गर्दै नेपालको संकट टारे । २८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशिष लामाले हेडर प्रयास नभेट्दा नेपाल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा मनविर सिंहको क्रसमा विपिन सिंह थोउनाओजमको हेडरलाई अनन्त तामाङ हेडरमार्फ क्लियर गरिदिए ।

दोस्रो हाफ केही बेरमा सुरु हुनेछ । यसअघिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी