‘बालबालिकालाई एक करोड मात्रा खोप’

  • ख-
  • ख+

काठमाडौं: सरकारले थप एक करोड मात्रा खोप भित्र्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राजधानीमा पत्रकार सम्मेलन गर्दै बालबालिकाका लागि हुने गरी मोर्डना ४० लाख मात्रा र फाइजर ६० लाख मात्रा ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

यी खोप १२ वर्ष माथिका लागि लगाइनेछ ।

यसका लागि रकम भुक्तानी समेत अघि बढेको उनले बताए । यस अघि सरकारले विभिन्न उमेर समूहका व्यक्तिहरुलाई खोप लगाइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी