कांग्रेस वडा अधिवेशनः व्यास ११ मा देवबहादुर थापा सर्वसम्मत, २ मा अन्यौल जारी

  • ख-
  • ख+

दमौलीः व्यास ११ मा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीले वडा सभापतिमा देवबहादुर थापालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

यसैगरी, वडाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा ५५ जना निर्वाचित भएका नेता विवेक भट्टराईले जानकारी दिए ।। वडा अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी व्यास २ मा भने अझै अन्यौल देखिएको छ ।

सभापति पदका लागि क्याप्टेन सुर्जकुमार मल्ल र टुकबहादुर हमाल कसैले दाबी नत्यागेपछि नेतृत्वले विवाद मिलाउने प्रयास गरिरहेको छ । खुलातर्फको क्षेत्रीय प्रतिनिधिमा करिब सहमति जुटेको छ ।

खस आर्यमा पनि सहमति जुटाउने नेताहरुको तयारी छ । वडा सभापतिमा सहमति नभएमा मतदान गर्ने तयारी गरिएको छ ।

अहिले तनहुँ उद्योग वणिज्य संघको हलमा नेतृत्वमा सहमतिका लागि अन्तिम कसरत जारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी