नेपाली कांग्रेस अधिवेशनः तनहुँमा कहाँ को निर्वाचित ? (सबै तहको नामावलीसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको वडा अधिवेशनअन्र्तगत दुई बाहेकका सबै तहमा वडा कार्य समिति निर्वाचित भएका छन् ।

शुक्लागण्डकीको ८ र भिमाद ९ मा अधिवेशन स्थगित भएको छ । यसबाहेक अरु सबै तहमा नेतृत्व चयन भएको कांग्रेस तनहुँले जनाएको छ । धेरै ठाउँमा सर्वसम्मत भए पनि केही तहका वडाहरुमा सभापति र क्षेत्रीय प्रतिनिधिका लागि मतदान भएको छ ।

व्यास २ को सभापतिमा टुकबहादुर हमाल र व्यास ११ मा देवबहादुर थापा सर्वसम्मत भएसँगै व्यासको सबै वडामा कार्य समिति चयन प्रक्रिया सकिएको छ ।

शुक्लागण्डकी ८ मा पनि सहमतिको प्रयास भैरहेको छ भने भिमाद ९ मा पनि नेतृत्व चयन बाँकी छ ।

अधिकांश वडाहरुमा सहमतिय प्रक्रियाबाट नेतृत्व चयन भएको पार्टी जिल्ला सचिव विश्व बाँस्तोलाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी