भानुमा कांग्रेसका ‘२०८ नेकपामा’

  • ख-
  • ख+

भानुः नेकपाले नेपाली कांग्रेसका दुई सय आठ कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको जनाएको छ । भानु १ भन्सारमा आयोजित कार्यक्रममा पार्टी क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान तथा गण्डकी अञ्चल कमिटि सदस्य शंकरनारायण श्रेष्ठसहितका नेताहरुले उनीहरुलाई भन्सारको एक रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेताहरु ओमकुमारी पौडेल, गिता शाही, नगर अध्यक्ष प्रेम रानालगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश कांग्रेसका शीर्ष नेतृत्वमा रहेका कार्यकर्ता भने उपस्थित थिएनन् । सांसद श्रेष्ठले पार्टीले विकास निर्माणका कामको नेतृत्व गरेको दाबी गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी