कांग्रेस वडा अधिवेशनः व्यास ३ मा अनुप राना सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास ३ को वडा सभापतिमा अनुप रानासहित सबै कार्य समिति सर्वसम्मत चुनिएको छ ।

वडा भेलामा आकांक्षीहरु श्रीकृष्ण सोती र प्रदीप काफ्लेले दाबेदारी त्यागेपछि रानाको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो ।

वडाबाट क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत चयन गरिएको पार्टी हाईकमाण्डले जनाएको छ । निर्वाचन समितिले सम्पूर्ण निर्वाचित पदाधिकारीको नामावली टाँस गरेर प्रक्रिया सम्पन्न भएको घोषणा गरेको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी