भिमादमा खोलाले बगाउँदै गर्दा पाँचको उद्धार

  • ख-
  • ख+

भिमादः खोलाले जीप बगाए पछि भिमादमा छ जनाको शकुशल उद्धार गरिएको छ ।

घिरिङबाट भिमाद आउँदै गरेको ग १ च ५१९० नम्बरको बलेरो जीपलाई श्रृंग पथमा पर्ने बुडुवा खोलाले बगाए पछि सवार एक बालक र महिला सहित छ जनाको सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

खोलामा पानीको बहाव अत्यधिक भएका बेला तर्ने प्रयास गरे पछि घटना घटेको उनले जानकारी दिए । भिमाद क्षेत्रमा अधिक वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्