तनहुँमा कांग्रेसको चुनावी रस्साकस्सीः वडाको अधिवेशनमा केन्द्रीय नेता गृह जिल्ला

  • ख-
  • ख+

दमौलीः शुक्रबारबाट शुरु हुने नेपाली कांग्रेसको वडा अधिवेशनले तनहुँ कांग्रेसलाई राम्ररी छोएको छ ।

केन्द्रीय तालिकाअनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने भए पछि क्रियाशिल सदस्यहरु राजधानी तथा देशका अन्य भागबाट समेत रातारात जिल्ला आउने क्रम बढेको छ । यो क्रम शुक्रबारसम्मै चल्ने आंकलन गरिएको छ ।

उम्मेदवारी दिने आकांक्षा बोकेका देखि आफ्ना मान्छे जिताउन समेत नेता कार्यकर्ता जिल्ला आउने क्रम बढेको छ । जिल्लाका चियापसलका अलावा आन्तरिक छलफल र भेलामा समेत कार्यकर्ताको सहभागिता बाक्लिएको छ ।

यसैक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई तथा आमन्त्रित सदस्य ध्रुव वाग्लेसमेत अहिले गृहजिल्लामा छन् । यसका अलावा जिल्ला नेतृत्वमा रहेका नेताहरुको समेत आफ्नो सक्रियता बढाइरहेका छन् ।

कोरोना जोखिमकाबीच सकेसम्म मतदानमा जान नपर्ने अवस्था ल्याउन नेताहरुले क्रियाशिलता भने बढाएका छन् । तर सकेसम्म आफ्ना पक्षका नेता कार्यकर्ता निर्णायक तहमा आउन् भन्ने चाहना सबै नेताको छ ।

तस्बिरः फाईल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी