
दमौलीः भाद्र १८ गतेको वडा अधिवेशन आउनु दुई दिन अघि नेपाली कांग्रेसले तनहुँका ८५ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ ।
कांग्रेस सचिव विश्व बाँस्तोलाका अनुसार सबै वडाका निर्वाचन अधिकृत बिहीबार त्यसतर्फ लाग्नेछन् । ‘अभिमुखीकरणसहित सबै तयारी गरेर उहाँहरुलाई खटाएका छौं,’ उनले भने ।
निर्वाचन तालिका सार्वजनिक
कांग्रेसले ८५ वटै वडाका लागि निर्वाचन तालिका एकै समयमा गर्ने निर्णय गरेको छ । निर्वाचन अधिकृत फणिन्द्र कोईरालाको उपस्थितीमा बसेको बैठकबाट सबै वडामा बिहान नौ बजे नामावली प्रकाशन गर्ने निर्णय भएको छ ।
मतदान हुने अवस्थामा दिउँसो साढे २ बजे शुरु गरेर ४ बजे मतदान सक्ने गरी तालिका सार्वजनिक गरिएको सचिव बाँस्तोलाले दमौली न्यूजलाई जानकारी दिए ।

९ बजे मतदाताको नामावली प्रकाशन देखि साढे २ बजेबाट ४ बजेसम्म मतदानसम्मको तालिका सार्वजनिक गरिएको सहायक निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले जानकारी दिए ।