थलिएका बन्दीपुरका कांग्रेस नेतालाई सहयोग लिएर पुगे भट्टराई

  • ख-
  • ख+

बन्दीपुरः प्रेमसिंह गुरुङ बन्दीपुर कांग्रेसका सक्रिय नेता हुन् । पार्टीको विभिन्न अभियानसँगै सामाजिक काममा समेत सक्रिय उनी केही समययता थला परेका छन् ।

नशासम्बन्धी समस्याका कारण दुवै खुट्टा नचलेर थलिएका गुरुङको उपचारका लागि कांग्रेसले पहल थालेको छ । पार्टीको गतिविधिमा सक्रिय हुन नसकेका गुरुङको उपचारका लागि उनकै घरमा पुगेर केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले सहयोग हस्तान्तरण गरेका छन् ।

स्थानीय तथा केन्द्रीय नेताबाट संकलित एक लाख ३० हजार हस्तान्तरण गर्दै उनले थप उपचारका लागि आवश्यक पहल गर्न तत्पर रहेको बताए । ‘उहाँजस्तो एक सक्रिय कार्यकर्ता आर्थिक कारण उपचार पाउन नसक्ने अवस्था आउन दिन्नौं,’ उनले भने,‘उपचारका लागि हाम्रो पूर्ण साथ र सहयोग रहन्छ ।’

सहयोग हस्तान्तरण कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ, नेताहरु सुरेश भट्टराई, टिकाराम अधिकारी, बिपिन गुरुङ, गोकर्ण बानियाँलगायत उपस्थित थिए ।

नेता भट्टराईले उपचारका लागि थप सहयोग संकलन गरिने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी