दमौलीः कोरोना संक्रमणका कारण व्यास नगरपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा व्यास ४ निवासी ८३ वर्षका वृद्ध छन् ।
संक्रमणका कारण थलिएका वृद्धको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा तनहुँमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।