कांग्रेस अधिवेशनः तनहुँमा तोकिएकै मितिमा चुनाव हुने, मतदानको तयारी शुरु

  • ख-
  • ख+

दमौलीः यस अघि घोषित केन्द्रीय तालिकाअनुसार नै वडा र पालिकाको चुनाव गर्ने गरी नेपाली कांग्रेस तनहुँले तयारी थालेको छ ।

पार्टी जिल्ला कार्यालय तनहुँमा आइपुगेका मतदान अधिकृत फणिन्द्र कोईरालाले मतदान प्रणालीबारे जिल्ला नेतृत्वलाई जानकारी गराएका छन् । उनले सहायक मतदान अधिकृतका रुपमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्लेलाई सहायक अधिकृत नियुक्त गरेका छन् ।


अधिकृत कोइरालाले नेतृत्वसँग चुनावी प्रक्रियाका विविध विषयमा छलफल समेत गरेको र आफूहरुले आवश्यक सबै सहायोगको प्रतिवद्धता जनाएको पार्टी जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेले दमौली न्यूजलार्इं जानकारी दिए ।

अहिले जिल्लाका सबैजसो भागमा कांग्रेस नेताहरु चुनावकेन्द्रीत छलफलमा अघि बढिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी