दमौलीको फोहोर उठ्न शुरु, तत्कालका लागि दुम्सीमा व्यवस्थापन

  • ख-
  • ख+

दमौलीः नकुहिने फोहोर व्यवस्थापनका लागि तयार पारिएको ठाउँमा जान बाटो खोलाले बगाए पछि अवरुद्ध दमौलीको फोहोर उठ्न थालेको छ । तर झण्डै पाँच दिनयता फोहोर नउठेकाले अझै पनि दमौलीमा फोहोरका थुप्रा अझै हटेका छैनन् ।


व्यास नगरपालिकाका अनुसार व्यास १ र १३ जोड्ने छाब्दी खोलाको डाइभर्सन बाढीले बगाए पछि बिहिबारयता फोहोर उठाउन नसकिएको हो ।

‘बाढीले जानै नमिलेपछि फोहोर रोकिएको हो । तर अब उठ्न शुरु भैसकेको छ,’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले भने,‘तत्काल दुम्सीको कुहिने फोहोर व्यवस्थापन गर्ने ठाउँमै व्यवस्थापन गर्छाैं । बाटो बने पछि व्यास १३ मै लगिन्छ ।’
नगरपालिकाले गाई स्याहार केन्द्रमा कुहिने फोहोरबाट मल तथा विद्युत समेत निकाल्दै आएको छ ।

तस्बिरः फाईल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी