दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ९७ जनाको परीक्षण गरिएकामा उल्लिखित परिमाणमा संक्रमित थपिएका हुन् । संक्रमणका कारण जिल्लामा कसैको ज्यान भने गएको छैन ।
पछिल्ला दिनमा तनहुँमा कोभिड संक्रमणको क्रममा केही गिरावट आएको देखिएको छ ।