‘कांग्रेसलाई फेरि जिताउन’ सरोजको उम्मेदवारी घोषणा

  • ख-
  • ख+

दमौलीः वडाको चुनाव आउन केही दिन बाँकी रहँदा नेपाली कांग्रेस व्यास ४ को सभापति पदमा हालका सचिव सरोज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

दमौली न्यूजसँग कुराकानी गर्दै उनले विगतको स्थानीय चुनावमा पराजित भएको वडामा पार्टी संगठन बलियो बनाउन र सबै पक्षलाई समेट्न आफूले उम्मेदवारी दिन लागेको बताए ।


‘सबै गुट उपगुट, जाति र वर्गलाई समेट्न मलाई नै अघि बढ्न अग्रज र साथीहरुले सल्लाह दिएकाले अघि बढ्ने सोचेको हुँ,’ उनले भने ।

उनले आफू नेतृत्वमा रहँदा सबैलाई समेट्ने र जिम्मेवारी प्रदान गर्ने भन्दै सबैको साथले चुनाव जित्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी