व्यवसायीका पक्षमा प्रशासनको निषेधाज्ञाः व्यापार खोल्ने समय ७ देखि ६

  • ख-
  • ख+

दमौलीः चाडबाडका बेलामा पर्याप्त समय व्यापार व्यवसाय खोल्न नपाए निषेधाज्ञा नमान्ने व्यवसायीको चेतावनीकाबीच तनहुँ प्रशासनले व्यवसायीको माग सम्बोधन गर्दै अब बिहान ७ देखि साँझ ६ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति दिएको छ ।

यस अघि खुला गरिएका व्यवसायलाई फरक फरक समय निर्धारण गरिएकामा अव्यवहारिक भएको र लामो समय निषेधाज्ञाको मारमा परेकाले चाडबाडका समयमा पसल खोल्ने समय बढाउनुपर्ने माग व्यवसायीले गरे पछि प्रशासनले निषेधाज्ञाको समयमा परिमार्जन गर्दै नयाँ आदेश जारी गरेको हो ।


यस अघि भाद्र १५ सम्मका लागि तरकारी, फलफूल तथा कृषिजन्य पदार्थका लागि बिहान ११ बजेसम्म र हरुका हकमा १२ बजेपछि खोल्न दिने निर्णय यससँगै परिमार्जन भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा १५ गतेबाट १० दिनसम्म यस्तो आदेशका लागि सिफारिस भएको थियो ।


तर स्मार्ट लक डाउनको कार्यविधिमा बढीमा एक साता मात्र यस्तो आदेश जारी गर्न मिल्ने प्रावधान भए पछि प्रशासनले जारी गरेको निषेधाज्ञामा एक साता अर्थात आगामी भाद्र २१ सम्म यस्तो आदेश जारी गरिएको छ ।

यस अघि दमौली बजार एकाईको टोलीले प्रशासनमा निषेधाज्ञाको समय घटाउन माग गरेको थियो । बैठकमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अरु सबै क्षेत्र क्रमशः खोल्दै जाने नीतिअनुसार नै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालनका लागि अनुमति दिन माग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी