दमौलीका व्यापारी भन्छन्,‘भाडा तिर्न सकिएन, चाडबाडमा पसल खोल्न पाउनुपर्छ’

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनको निषेधाज्ञा निरन्तर रहेका कारण व्यापार व्यवसायमा कठिनाई भएको भन्दै दमौलीका व्यवसायीहरुले त्यसमा खुकुलो बनाउन माग गरेका छन् ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका तर्फबाट जिल्ला प्रशासन कार्यालय तनहुँमा पठाइएको पत्रमा लामो समयको लकडाउनका कारण भाडा तिर्न समेत व्यवसायी नसक्ने अवस्थामा चाडबाडका बेला खुकुलोपन नहुँदा समस्या आएको भन्दै व्यवसायलाई निर्वाध रुपमा चल्न दिन माग गरिएको छ ।

प्रशासनले लकडाउनको अवधि थप्ने क्रममा व्यापार व्यवसाय १२ बजेबाट ६ बजेसम्म बनाए पछि फेन्सी तथा भाँडा पसलेहरुको बढी असन्तुष्टि छ । एकाईका सभापति भुपाल आलेले प्रशासनमा पत्र दिएर माग सुनुवाई गर्न अनुरोध गरेको बताए ।

एकाईका सचिव माधव न्यौपानेले माग पुरा नभएमा निषेधाज्ञा अवज्ञा गर्नुपर्ने अवस्था आउने चेतावनी दिए । ‘विद्यालय अनि अरु धेरै क्षेत्र खुल्दा व्यवसायलाई मात्र असर पार्ने काम भएकाले अवरोध हुने काम नहोस् भन्ने हाम्रो माग हो,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी