एमाले विभाजनः व्यासमा एमालेको भेला, ऋषिङबाट समाजवादीको संगठन विस्तार

  • ख-
  • ख+

दमौलीः एमाले विभाजन भए पछि आ आफूलाई बलियो देखाउन सक्रिय नेकपा एमाले र एमालेबाट टुक्रिएको नेकपा एकिकृत समाजवादी दुवैले स्थलगत रुपमै अभ्यास थालेका छन् ।


दमौलीमा नेकपा एमालेले आफ्नो पार्टी बलियो रहेको छनक दिन पार्टी कार्यालयमा अध्यक्ष केदार सिग्देलको उपस्थितीमा भेला गरेको छ ।

भेलामा यस अघि माधव नेपाल समूहसँग निकट मानिएका रनसिं नेपाली तथा बिरेन्द्र अधिकारी तथा प्रष्ट खुलेको नदेखिएकी नेतृ बसुन्धरा घर्तीलगायत नेता कार्यकर्ताको उपस्थिती देखिएको जानकार बताउँछन् ।


भेलामा बोल्दै पार्टी अध्यक्ष केदार सिग्देलले पार्टी बलियो नै रहने दाबी गरे ।

यता, नेकपा एकिकृत समाजवादीले भने ऋषिङ गाउँपालिकाबाट आफ्नो संगठन विस्तार अभियान थालेको पार्टी सचिव श्रीराम कार्कीले जानकारी दिए ।

पार्टीले एक दिन अघि मात्र सांसद कृष्णकुमार श्रेष्ठको सम्पर्क कार्यालय पार्टीको ब्यानरमा स्थापना गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी