
दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा २९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार परीक्षण गरिएका एक सय १६ मध्ये १५ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयको विज्ञप्तिमा गण्डकी प्रदेशमा २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको ज्यान गएको उल्लेख छ । त्यसमा तनहुँका संक्रमित भने परेका छैनन् ।