एपेक्स मल्टिप्लेक्स सफासडकसम्म विस्तार, बुकिङ खुलाउँदै

  • ख-
  • ख+

दमौलीः दमौलीको बुहद्देश्यीय मल एपेक्स मल्टिप्लेक्स सफासडकसम्म विस्तार भएको छ । व्यास २ कालिका मार्गमा निर्माण गरिएको मलको मुख्य प्रस्थान बिन्दु कालिका मार्गमै थियो । तर सञ्चालन कम्पनी एपेक्स मल्टिप्लेक्स प्रालिले सफासडक सम्म नै मल विस्तार गर्ने निर्णय गरेको हो ।

अहिले सफासडकतर्फ रहेको ४० फुट मोहोडामा निर्माण चलिरहेको छ । मल्टिप्लेक्सका प्रवन्ध निर्देशक गणेश श्रेष्ठका अनुसार सटर लिनेहरुको चाहना र मललाई व्यवसायिक हिसाबले अझ अघि बढाउन स्वरुपमा परिमार्जन गर्ने निर्णय गरिएको हो ।


योसँगै यो दमौलीको सबैभन्दा ठूलो र बढी क्षेत्रफलमा फैलिएको एक मात्र मल बन्नेछ ।
दुईवटा मल्टिप्लेक्स सिनेमा हलसहित फुड कोर्ट, व्यवसायिक स्टल तथा ब्राण्ड पेभेलियन आदि रहने मल दशैं अघि सञ्चालन गर्ने योजनामा कम्पनी छ । ‘कोभिड लकडाउनका कारण हलबारे निर्णय नभए पनि बाँकी मल भने चल्नेछ,’ उनले भने ।


दमौलीको ठूलो र लिफ्ट एलेभेटरसहितको मल अहिलेसम्मकै आधुनिक र व्यवसायिक सम्भावना भएको दाबी कम्पनीको छ । ४७ स्टल रहने मलमा यस अघि ठाउँ किन्नुपर्ने प्रावधान भए पनि कम्पनीले अब भने स्टल को भाडा मात्र लिने भएको छ ।

‘एउटा जीवन्त मलका रुपमा चलाउने हिसाबले हामीले ठाउँ बेच्ने योजना फेरेका छौं,’ श्रेष्ठले भने,‘यसले धेरै थप आकर्षित हुन्छन भन्ने विश्वास छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी